आइतबार चार वटा संसदीय समितिको बैठक बस्दैछ।
मध्याह्न साढे १२ बजे विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ।
बैठकमा कृषकहरुलाई रासायनिक मलको समयमा नै सहज व्यवस्थापन सम्बन्धमा, कृषि अनुदानलाई उत्पादनमुलक बनाउन मन्त्रालयबाट भएका प्रयास र उपलब्धी सम्बन्धमा, कृषिजन्य उत्पादन उखु अलैंची अदुवा कफि चिया सुपारी लगायतका उत्पादन र बजार व्यवस्थापन सम्बन्धमा, रैथाने कृषिबालीको संरक्षण र विकास सम्बन्धमा छलफल हुनेछ।
त्यस्तै दिउँसो २ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ को मस्यौदा प्रतिवेदनमाथि छलफल हुनेछ।
दिउँसो २ बजे नै बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा राष्ट्रिय निकुञ्जहरुसँग सम्बन्धित प्रतिवेदन सम्बन्धमा गरिएको अन्तरक्रिया कार्यक्रमको समीक्षा हुनेछ।
संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै समितिको कार्यक्षेत्र अन्तर्गतको विषयमा अभिमुखीकरण, अन्तरक्रिया तथा स्थलगत अनुगमन कार्यक्रमको तयारी सम्बन्धमा छलफल हुनेछ ।