प्रतिनिधि सभा बैठकको समय सरेको छ।
आइतबार दिउँसो १ बजेका लागि बैठक बस्ने तय थियो।
तर संसदको अवरोध खुलाउने विषयमा प्रमुख दलहरूबीच छलफल जारी छ।
संसद सचिवालयले 'विशेष कारण' भन्दै सूचना प्रकाशन गरेर संसद बैठक अपराह्न ३:१५ बजेसम्मका लागि स्थगित गरेको हो।
आइतबारको बैठकमा विपक्षी दलले अवरोध कायमै राखे प्रतिपक्षी दलहरू पेलेरै संसद बैठक अगाडि बढाउने पक्षमा छन्।
सभामुख देवराज घिमिरेसँगको छलफलपछि नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे र नेकपा (एमाले)का मुख्य सचेतक महेश बर्तौलाले संसदको बैठक अब नरोकिने बताएका थिए।
आइतबार नै विपक्षी दलहरूको बैठक बसेको थियो।
बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवासँगको छलफलबारे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल 'प्रचण्ड'ले ब्रिफिङ गरेका छन्।
प्रचण्ड अहिले संसद भवनमै कांग्रेससँग छलफलमा छन्।