सभामुख देवराज घिमिरेले आधा घन्टापछि बस्ने गरी प्रतिनिधि सभाको बैठक स्थगित गरेका छन्।
सोमबार अपराह्न साढे ३ बजे बसेको प्रतिनिधि सभा बैठक सुरू हुनेबित्तिकै विपक्षी दलका सांसदहरू उठेर विरोध गरेका थिए।
यो पनि: कांग्रेसले रास्वपालाई भन्यो- भिजिट भिसाबारे संसदीय वा जाँचबुझ समिति बनाउन सकिँदैन
सभामुख घिमिरेले दलीय आधारमा सांसदहरूलाई बोल्न दिने भने पनि प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र), रास्वपा, राप्रपा, एकीकृत समाजवादीलगायत दलका सांसदहरू उठेर अवरोध गरिरहे।
त्यसपछि सभामुख घिमिरेले सदनको गतिरोध अन्त्य गर्न नेताहरू लागिपरेको भन्दै आधा घन्टापछि बस्ने गरी बैठक स्थगित गरेका छन्।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति माग गर्दै विपक्षी दलका सांसदहरूले निरन्तर संसदमा अवरोध गर्दै आएका छन्।
सत्तारूढ नेपाली कांग्रेसले माओवादी, रास्वपालगायत दलका नेताहरूसँग छलफल गरी समझदारीको प्रयास गरिरहेको छ।
तस्बिरहरू: नवीनबाबु गुरूङ/सेतोपाटी
-1749463639.jpg)
-1749463636.jpg)
-1749463636.jpg)
-1749463632.jpg)
-1749463630.jpg)
-1749463631.jpg)
-1749463631.jpg)
-1749463631.jpg)
-1749463630.jpg)
-1749463628.jpg)
-1749463628.jpg)
-1749463627.jpg)
-1749463626.jpg)
-1749463626.jpg)
-1749463627.jpg)