गृहमन्त्री रमेश लेखकले सरकार र नेपाल शिक्षक महासंघबीच भएको सहमति बमोजिम विद्यालय शिक्षा विधेयक पारित हुने बताएका छन्।
नेपाल शिक्षक संघको २४ औं संघीय कार्यसमिति बैठककाे उद्घान कार्यक्रममा गृहमन्त्री लेखकले असार १५ गतेभित्र प्रतिनिधि सभाबाट विद्यालय शिक्षा विधेयक पारित हुने बताए।
‘असारकाे १५ गतेभित्र शिक्षा विधेयकलाई पारित गर्ने भनेका छाैं। याे तिथि मितिमा सरकारले प्रतिबद्धता गरेकाे हाे।
असार १५ गते नै प्रतिनिधिसभाबाट पारित हुन सक्ने अवस्था बन्छ,’ उनले भने।
उनले संसद अवरूद्ध गर्नुपर्ने कुनै कारण नभएको दाबी गरे। भिजिट भिसा प्रकरणमा प्रतिपक्षी दलहरूले गृहमन्त्रीको राजीनामा माग गर्दै आएका छन्।