नेकपा एमालेको भ्रातृ संस्था अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का अध्यक्षमा डा. सुजन कडरिया विजयी भएका छन्।
आफ्ना प्रतिस्पर्धी प्रकाश पौडेललाई ७ मतको झिनो अन्तरले पराजित गर्दै कडरिया अखिल अध्यक्षमा निर्वाचित भएका हुन्।
अखिलको मतगणना स्थलमा रहेका नेताहरूले दिएको जानकारी अनुसार कडरियाले ७३२ मत प्राप्त गरी जित हात पार्दा अध्यक्षका अर्का उम्मेदवार पौडेलले ७२५ मत प्राप्त गरेका छन्।
विद्युतीय मेसिनबाट भएको मतदानमा १५५१ मध्ये १४५० मत खसेका थिए।