राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आइतबार बस्ने भएको छ।
आजको बैठकमा गत जेठ १५ देखि भएको आन्दोलनको समीक्षा, आगामी आन्दोलनको स्वरूप र तयारीबारे पार्टीको कार्ययोजना, भूमिका र धारणाबारे छलफल हुने राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।
बैठकमा पार्टीको आन्तरिक संगठन सुदृढीकरणका बारेमा पनि छलफल हुने बताइएको छ। बर्खा लागेकाले पार्टीले कार्यकर्ता भेला, प्रशिक्षण र गोष्ठी सञ्चालन गर्नेबारे समेत टुंगो लगाइने बर्तौलाले बताए।
बैठकमा पार्टी अध्यक्ष कमल थापाले मुलुकको पछिल्लो राजनितीक घटनाक्रम, आन्दोलनको आवश्यकता, औचित्य तथा राप्रपा नेपालको भूमिकबारे धारणा राख्ने र त्यसमा छलफल हुने कार्यसूची रहेको छ।