इसराइल र इरानबीचको युद्ध हुन थालेपछि तेल अभिभस्थित नेपाली दूतावासले सम्पर्क व्यक्ति तोकेको छ।
आइतबार दूतावासले सूचना जारी गर्दै नेपालीहरूलाई स्थानीय सुरक्षा प्रोटोकलको पालना गर्न पनि अनुरोध गरेको छ।
यस्तै सुरक्षाका लागि दूतावासले २४ सै घण्टा हटलाइन सेवा सञ्चालनमा ल्याएको छ।
सम्पर्क व्यक्तिको रूपमा दुई जनाको नम्बर पनि सार्वजनिक गरेको छ।
द्वितीय सचिव कुमारबहादुर श्रेष्ठलाई +९७२ ५३ ५३६ ०७४८ र तृतीय सचिव सञ्जयकुमार शाहलाई +९७२ ५४ ५५८ २०७७ नम्बरमा सम्पर्क गर्न सक्ने दूतावासले जनाएको छ।
‘यहाँ शैक्षिक संघसंस्था एवं अत्यावश्यक बाहेकका कार्यालय बन्द रहने र सभा/भेला नगर्ने भनी निर्देशन जारी भएको हुँदा इसराइलमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई स्थानीय सुरक्षा प्रोटोकलहरूको पालना गर्न, आफ्नो क्षेत्रका लागि जारी गरिएका अद्यावधिक सूचना बारेमा जानकार रहन र आफ्नो सुरक्षातर्फ विशेष ध्यान दिन, अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन तथा सुरक्षित आश्रयस्थलको सुविधा भएको स्थलको आसपासमै रहन समेत हार्दिक अनुरोध गर्दछौं,’ जारी सूचनामा उल्लेख छ।