प्रतिनिधि सभाको बैठक स्थगित भएको छ।
मंगलबार अपराह्न साढे ४ बजे बस्ने भनिएको बैठक सूचना टाँस गरी बिहीबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको संसद सचिवालयले जनाएको छ।
मंगलबार दिउँसो १ बजेका लागि तय भएको बैठक ढिला गरी सुरू भएको थियो। उक्त बैठक सुरू भएको करिब ५ मिनेटमै आधा घण्टाका लागि स्थगित भएको थियो।
भिजिट भिसा प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समितिको माग गर्दै आएका छन्।
मंगलबार पनि वेल घेराउ र नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले संसद बैठक स्थगित गरेका थिए।