काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले कार्यपालिका अन्तर्गत ४ वटा समितिका संयोजकहरूलाई पुरानै जिम्मेवारी दिएका छन्।
केही समयअघि बालेनले चार वडाध्यक्षकाे जिम्मेवारी खाेसेर नयाँलाई वडाध्यक्षहरूलाई विभिन्न समितिको संयोजकको जिम्मेवारी दिएका थिए।
गैरकानुनी रूपमा मेयरले आफूहरूलाई जिम्मेवारीबाट हटाएको भन्दै वडाध्यक्षहरू आशाराम संगत, मचाराजा महर्जन, ख्यामराज तिवारी र नवीन मानन्धरले विराेध गरेका थिए।
वडा नम्बर १७ का अध्यक्ष नविन मानन्धरलाई सूचना प्रविधि समितिको संयोजकबाट हटाएर वडा नम्बर ५ का अध्यक्ष वीरेन्द्र प्रजापतिलाई दिइएको छ।
वडा नम्बर २६ का अध्यक्ष ख्यामराज तिवारी सुशासन समितिको जिम्मेवारीबाट हटाएर वडा नम्बर ३० का अध्यक्ष दलबहादुर कार्कीलाई तोकेका थिए। तर मेयर बालेनले अहिले वडाध्यक्षहरूलाई पुन: सोही जिम्मेवारीमा फर्काएका हुन्।
यसअघि वडा नम्बर ८ का अध्यक्ष आशामान संगत सम्पदा तथा पर्यटन समितिका संयोजक थिए।
उक्त समितिको संयोजक वडा नम्बर २४ का अध्यक्ष विनोद कुमार राजभण्डारी बनाइएको थियो।
वडा नम्बर २३ का अध्यक्ष मचाराजा महर्जन विधायन समितिको संयोजक थिए। उक्त समितिको नयाँ संयोजक वडा नम्बर १६ का अध्यक्ष रोजिना श्रेष्ठलाई तोकिएको थियो।
सुशासन समितिका संयोजक ख्यामराज तिवारीले जिम्मेवारीमा फर्काइएको सूचना पाएता पनि पत्र प्राप्त नभएको बताए।
'जिम्मेवारीमा फर्काइएको भन्ने छ तर पत्र प्राप्त भइसकेको छैन,' उनले भने।
यो पनिः
मेयर बालेनले हेरफेर गरे चार समितिका संयोजक