नेकपा (एकीकृत समाजवादी) को भ्रातृ संगठन अनेरास्ववियूमा समानान्तर कमिटी गठन भएको छ।
अनेरास्ववियु अध्यक्ष महेश श्रेष्ठ छन्। तर असन्तुष्ट पक्षले नरेश न्यौपानेको अध्यक्षतामा समानान्तर कमिटी गठन गरेका हुन्।
अध्यक्ष श्रेष्ठ पार्टी अध्यक्ष माधवकुमार नेपालनिकट हुन् भने समानान्तर कमिटी अध्यक्ष न्यौपाने सम्मानित नेता झलना खनाल र महासचिव घनश्याम भूसालनिकट हुन्।
यसअघि गत पुसमा अध्यक्ष नेपाल पक्षले अनेरास्ववियू अध्यक्षबाट आरती लामालाई हटाएर श्रेष्ठलाई मनोनीत गरेको थियो।
अनेरास्ववियूको इन्चार्ज पार्टीकी स्थायी कमिटी सदस्य रामकुमारी झाक्री छिन्।
समानान्तर कमिटी गठन गरिएको न्यौपानेनिकट नेताले पुष्टि गरे। अध्यक्षमा न्यौपाने र महासचिवमा प्रकाश श्रेष्ठ छन्।