राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रूपन्देही क्षेत्र नम्बर–३ मा हुन लागेको उपनिर्वाचनबारे छलफल गर्न सचिवालय बैठक आह्वान गरेको छ।
पार्टी प्रवक्ता मनीष झाका अनुसार बैठक कार्यवाहक सभापतिको आह्वानमा असार १९ गते बिहीबार बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बस्नेछ।
बैठकमा समसामयिक राजनीतिक विषयहरू, पार्टीका गतिविधि तथा विशेष रूपमा रूपन्देही–३ उपनिर्वाचन सम्बन्धी रणनीति र तयारीमाथि छलफल हुने बताइएको छ।
त्यस्तै बैठकमा पार्टी सचिवालयका सबै सदस्यहरूको अनिवार्य उपस्थिति हुनुपर्ने जनाइएको छ।
बैठकको कार्यसूचीमा 'विविध' विषय पनि समावेश गरिएको प्रवक्ता झाले बताए।