नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले ०८४ लाई क्रान्तिको एउटा नयाँ चरणको रुपमा लिएको बताएका छन्।
शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा नेकपा (माओवादी केन्द्र) पर्सा—काठमाडौं सम्पर्क समन्वय समितिको कार्यक्रमलाई सम्बोधन गर्दै उनले ०८४ बाट देशलाई क्रान्तिको एउटा नयाँ चरणको रुपमा प्रवेश गराउने दाबी गरेका हुन्।
‘आउने ०८४ लाई हामीले नेपाली क्रान्तिको एउटा नयाँ चरणमा प्रवेश गराउनेछौं। कमरेडको रुपमा तपाईंहरु सबै पनि आफ्नो भुमिका पूरुा गर्नुहुनेछ,' पार्टीमा नवप्रवेशी कलाकारहरूलाई स्वागत गर्दै प्रचण्डले भने।
उनले माओवादी क्रान्तिमा गीत संगीतले ठूलो भूमिका खेलेको पनि बताए।
'जनयुद्ध'ताका भाषण, दर्शन, सिद्धान्तको व्याख्याले भन्दा गीत, संगीत र नृत्यहरुले बढी भूमिका खेलेको उनले बताए।
अध्यक्ष प्रचण्डले कलाकारहरुको बढ्दो सहभागीताले पार्टीको विजय यात्रा शुरु भएको बताए।