भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले तथ्यका आधारमा बोल्न सांसदहरूलाई आग्रह गरेका छन्।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको 'घुस डिल' गरेको अडिओ सार्वजनिक भएको र त्यसमा मन्त्री अधिकारीको नामसमेत जोडिएको भन्दै सांसदहरूले प्रश्न उठाएका थिए।
सोमबारको प्रतिनिधि सभा बैठकमा बोल्दै भूमि मन्त्री अधिकारीले जनताका समस्या हल गर्ने कुरामा कुनै आरोप आए पनि आफू नडराउने बताए।
‘हाम्रो मन्त्रालय र मसँग जोडिएर केही कुरा आएको छ अथवा भूमि आयोगको अध्यक्ष चयन गर्ने सन्दर्भमा कतै मन्त्री पनि जोडिएका छन् कि भन्ने प्रसंग यहाँहरूले कोट्याउनुभयो, आयोग र कुनै पनि सदस्यहरू बनाउने सन्दर्भमा मेरो मन्त्रालय र मसँग सम्बन्धित कुनै पनि व्यक्तिहरूले कहीँ कतै त्यस्तो कारोबार वा डिल गरेको रहेछ भने यहाँहरूले यथार्थता ल्याइदिनुस्, त्यसको निम्ति कानुनी कारबाही भोग्न तयार छौं,’ उनले भने।
तर अनावश्यक रूपमा हल्ला गरेर बदनाम गरी काममा अवरोध नगर्न पनि उनले आग्रह गरेका छन्।
भिडिओ: