कुलिङ पिरियडका सम्बन्धमा भएको त्रुटि छानबिन गर्न बनेको जीवन परियार नेतृत्वको समितिले राज्य व्यवस्था एवं सुशासन समितिका सभापति रामहरि खतिवडासँग सोधपुछ सुरू गरेको छ।
सिंहदरबारस्थित राज्य व्यवस्था समितिकै बैठक कक्षमा बुधबार दिउँसो खतिवडासँग समितिले सोधपुछ गरिरहेको समितिमा रहेका एक सांसदले जानकारी दिए।
राज्य व्यवस्था समितिले संघीय निजामती सेवा विधेयकमा अवकास भएका कर्मचारीले संवैधानिक नियुक्ति पाउन २ वर्ष अवधि पर्खनुपर्ने व्यवसथा गरेको थियो।
तर समितिको प्रतिवेदन प्रतिनिधि सभाबाट पारित भएपछि कुलिङ पिरियडसँग बाझिने गरी पुरानो विधेयकको व्यवस्था कायमै राखिएको विषय सार्वजनिक भएको थियो।
सांसदहरूले यसलाई षड्यन्त्रका रुपमा अर्थ्याएका थिए। उनीहरुले छानबिनको माग गरेपछि सभामुख देवराज घिमिरले प्रतिनिधि सभाबाटै समिति बनाएका थिए।