प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सुरू भएको छ।
प्रतिनिधि सभामा विशेष र शून्य समयको कार्यक्रमपछि प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सुरू भएको हो।
बुधबार १० जना सांसदहरूको प्रश्नमा प्रधानमन्त्री ओलीले जबाफ दिनेछन्।
प्रधानमन्त्रीले दिएको जबाफमा पूरक प्रश्न सोध्न नपाइने सभामुख देवराज घिमिरेले सांसदहरूलाई जानकारी गराएका छन्।