संघीय संसद अन्तर्गत विभिन्न ५ वटा विषयगत समितिहरूको बैठक आइतबार बस्दैछ। आज बिहान ११ बजे अर्थ समितिको बैठक बस्दैछ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगसँग देहायका विषयमा छलफल अर्थ समि।तिको बैठक कक्ष सिंहदरबारमा बस्ने बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगसँग विभिन्न विषयमा छलफल हुनेछ।
आर्थिक वर्ष २०८२/०८३ को बजेटका लागि आयोगले दिएका सिफारिस र सुझाव तथा ती सुझाव र सिफारिस बजेटमा समावेश भए/नभएको अवस्था आयोगको आ.व. २०८२/०८३ को वार्षिक बजेट तथा कार्यक्रम संविधानप्रदत्त जिम्मेवारी निर्वाह गर्ने क्रममा आयोगले सामना गरेका समस्या र चुनौती आयोगसँग सम्बन्धित समितिमा प्राप्त उजुरीबारे छलफल हुने समितिले जनाएको छ।
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक पनि आज दिउँसो १ बजे बस्दैछ।
आज बस्ने बैठकमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ मा परेका संशोधनका सम्बन्धमा संशोधनकर्ता सांसदहरूसँग छलफल हुँदैछ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक पनि आज बस्दैछ। आज बस्ने बैठकमा मिडिया काउन्सिल विधेयक २०८० सम्बन्धमा विज्ञसँग अन्तर्क्रिया कार्यक्रम तथा छलफल हुने समितिले बताएको छ।
संघीय संसद, सार्वजनिक लेखा समितिको ४६ औं बैठक पनि आजै बस्दैछ।
आज दिउँसो १ बजे बस्ने बैठकमा महालेखापरीक्षकको ६१ र ६२ औं वार्षिक प्रतिवेदनउपर छलफल हुनेछ।
संघीय संसद अन्तर्गत् राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति (संयुक्त) को सत्रौं बैठक आज बस्दैछ।
समितिको बैठकमा सिंहदरवारस्थित निर्माणाधीन संघीय संसद भवन निर्माणको हालको कार्यतालिका र सो कार्यतालिका कार्यान्वयन सुनिश्चित गर्ने मन्त्रालयको तयारी सम्बन्धमा र समसामयिक विषयमा छलफल गर्ने कार्यसूची छ। समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ।