राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले स्थानीय तहहरू र जिल्ला अधिवेशन गर्न केन्द्रीय पर्यवेक्षक तोकेको छ।
पार्टी विधान र केन्द्रीय कार्यसम्पादन समितिको निर्णयअनुसार स्थानीय तहहरू र जिल्ला अधिवेशन गर्न पर्यवेक्षक तोकिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।
केन्द्रीय पर्यवेक्षकहरूले जिल्ला कार्यसमिति लगायतसँग समन्वय गरी अधिवेशनको वातावरण बनाउनुपर्नेछ।
काठमाडौंमा वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, भक्तपुरमा उपाध्यक्ष रोशन कार्की, ललितपुरमा प्रकाश रिमाल र उद्धवराज भेटवाललाई पर्यवेक्षकका रूपमा जिम्मेवारी दिइएको राप्रपाले जनाएको छ।
‘सबै जिल्लामा केन्द्रीय पर्यवेक्षक तोकेर राप्रपा अब अधिवेशनउन्मुख भयो,’ प्रवक्ता श्रेष्ठले भने।
राप्रपाको महाधिवेशन २०७८ मंसिरमा भएको थियो।
कहाँ कसलाई पठाइयो पर्यवेक्षक?

