नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दल नेता ईन्द्रबहादुर बानियाँले मुख्यमन्त्री बहादुर सिं लामा तामाङलाई पदबाट राजीनामा दिन आग्रह गरेका छन्।
हालै संसदीय दल नेता निर्वाचित भएका बानियाँले मुख्यमन्त्रीबाट मार्गप्रशस्त गरिदिन लामालाई आग्रह गरेका हुन्।
मुख्यमन्त्री लामालाई हठ त्यागेर मार्ग प्रशस्त गर्न उनको आग्रह छ।
‘उहाँले संसदीय दलको नेताबाट विश्वास गुमाइसक्नु भएकाले नैतिकताका आधारमा मार्गप्रशस्त गर्नुपर्छ,’ शुक्रबार बिहान पत्रकारहरूसँग कुराकानी गर्दै बानियाँले भने।
उनले आफू र मुख्यमन्त्री लामाबीच मनमुटाव नरहेको पनि बताए।