प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति मिडिया काउन्सिल विधेयकमाथि दफाबार छलफलका लागि डाकेको बैठक अझै सुरू हुन सकेको छैन।
विधेयक माथिको छलफलमा मन्त्री उपस्थित हुनुपर्ने व्यवस्था छ।
मिडिया काउन्सिल विधेयकसँग सम्बन्धित सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङ अनुपस्थित छन्।
मन्त्रीको ढिलाइले बैठक अघि बढ्न नसकेको राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले बताइन्।
‘साढे २ बजेका लागि बैठक डाकिएको हो,’ कार्कीले भनिन्, ‘मन्त्री नआएपछि सांसदहरू बाहिर निस्कन थालिसक्नुभयो।’
साढे २ बजेका लागि डाकिएको बैठक ४ बज्दा समेत सुरू हुन नसकेको हो।