नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट सभापतिमा गगन थापा निर्विरोध निर्वाचित हुने भएका छन्।
अन्य पदाधिकारी पनि सर्वसम्मत चयन गर्न विशेष महाधिवेशन पक्षका नेताहरूबीच छलफल चलिरहेको छ। छलफलले पदाधिकारीका केही मुख्य पदमा सहमति जुटाइसकेको स्रोतले जानकारी दियो।
स्रोतका अनुसार उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भूसालको नाम फाइनल भइसकेको छ।
त्यस्तै, महामन्त्रीमा गुरूराज घिमिरे र प्रदीप पौडेलको नाम सर्वसम्मति भएको छ।
सहमहामन्त्रीमा फरमुल्लाह मन्सुर (मुस्लिम क्लस्टर), मुक्ता कुमारी यादव (मधेसी), प्रकाश रसाइली (दलित), डिला संग्रौला पन्त (महिला), बहादुर सिंह लामा (आदिवासी जनजाति) र उदयशमशेर राणा (खस आर्य), योगेन्द्र चौधरी (थारू) र कर्ण बूढा (पिछडिएको समुदाय) को नाम फाइनल भएको छ।
सबै पदाधिकारी र केन्द्रीय सदस्यहरूको सूची केही बेरमै सार्वजनिक हुँदैछ।