राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शिक्षा विभाग प्रमुखमा मिलन पाण्डेलाई मनोनीत गरेको छ।
आइतबार केन्द्रीय कार्यालय च:मतिमा बसेको सचिवालय बैठकले पाण्डेलाई शिक्षा विभाग प्रमुखमा मनोनीत गरेको हो।
पाण्डेलाई केन्द्रीय शिक्षा विभागको प्रमुखमा मनोनयन गर्ने निर्णय भएको प्रवक्ता मनिष झाले जानकारी दिए।
साथै स्टार्ट-अप विभागको प्रमुखमा प्रभात अधिकारी र र्यापिड एक्सन टिमको केन्द्रीय विभाग प्रमुखमा बैकुण्ठ थापा (आशिष) र उपप्रमुखमा विदुर खड्कालाई मनोनयन गरेको उनले बताए।
सचिवालय बैठकले कर्णाली प्रदेशको सह-महामन्त्रीमा राजबहादुर शाह र अविसरा सुवेदीलाई मनोनयन गरेको उनले जानकारी दिए।