नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अनलाइनबाटै गर्न मिल्ने भएको छ।
महामन्त्री प्रदीप पौडेल संयोजक रहेको पार्टीको सदस्यता व्यवस्थापन समितिले अनलाइनबाटै क्रियाशील सदस्यता अद्यावधिक गर्न मिल्ने गरी व्यवस्था मिलाएको हो।
क्रियाशील सदस्यता अध्यावधिक गर्न मोबाइल वा कम्प्युटरबाट लिंक खोलेर फाराम भरेपछि विवरण सम्बन्धित वडा सभापतिको प्रणालीमा पुग्ने बनाइएको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ।
वडा सभापतिले सम्बन्धित आवेदनदर्ताको मोबाइल नम्बरमा ओटिपीमार्फत प्रमाणीकरण गरेपछि सहज रूपमा क्रियाशील सदस्यता अध्यावधिक हुने कांग्रेसले जनाएको छ।
कांग्रेसले देशभरका सबै वडामा क्रियाशील अद्यावधिकको काम चलिरहेको उल्लेख गरेको छ।