सम्पत्ति शुद्धीकरणको कसुरमा पक्राउ परेका नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष विष्णु पौडेललाई काठमाडौं ल्याइएको छ।
मंगलबार मध्याह्न उनलाई काठमाडौं ल्याइएको हो।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रको आधारमा सुर्खेत प्रहरीले पौडेललाई सोमबार पक्राउ गरेको थियो।
उनलाई गएराति नै सार्वजनिक माइक्रोमा राखेर काठमाडौंं लागि ल्याइएको हो।
उनलाई प्रहरीले जरूरी पक्राउ पुर्जी थमाएर पक्राउ गरिएको स्रोतले बतायो। उनलाई उक्त जरूरी पक्राउ पुर्जीको समर्थनका लागि र म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइने स्रोतले जनाएको छ।
तस्बिरहरू:

