राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्ने भएको छ।
प्रवक्ता मोहन श्रेष्ठका अनुसार आज अपराह्न ३ बजे केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्नेछ।
बैठक केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेछ।
बैठकमा समसामयिक परिस्थितिको समीक्षा एवं तराई मधेसमा जारी तनावका बारेमा छलफल हुने उनले बताए।