सत्तारूढ रास्वपाकी सांसद तथा सहमहामन्त्री निशा डाँगीले नेपाली जनताहरू अत्यावश्यक वस्तुका लागि कहिलेसम्म लाइन बस्नुपर्ने हो भन्दै सरकारलाई प्रश्न गरेकी छन्।
उनले आजको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै भनिन्, ‘आज म सरकारलाई एउटा मात्रै प्रश्न सोध्न चाहन्छु, नेपाली जनताहरूले कहिलेसम्म अत्यावश्यक वस्तुका लागि लाइनमा बस्नुपर्ने हो?’
खाना पकाउने ग्यासका लागि देशैभरजस्तो उपभोक्ताहरू डोपोमा लाइनमा छन्। उनले त्यसतर्फ लक्ष्य गर्दै कहिलेसम्म लाइन बस्नुपर्ने हो भनेर प्रश्न गरेकी छन्।
सरकारले ग्यास आपूर्ति सहज भने पनि जनताहरू सिलिण्डर लिएर लाइनमा बसेको उनले बताइन्। उनले बजार अनुगमनमा कडाइ गर्न पनि माग गरेकी छन्।
उनले ग्यासको कृत्रिम अभाव सिर्जना गर्नेमाथि कारबाही गरिनुपर्ने, वितरण प्रणाली चुस्त र लाइन बस्नुपर्ने बाध्यता हटाउनुपर्ने बताइन्।