सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नागरिकका गुनासा, समस्या र सुझाव सुन्ने अभियान सुरू गर्न लागेको छ।
साउन २५ गते सोमबारदेखि पार्टीको केन्द्रीय कार्यालय घन्टीघरमा 'हामी सुन्छौं' अभियान सुरू हुने सहमहामन्त्री हरि ढकालले जानकारी दिए।
साउन १३ गते बसेको केन्द्रिय समिति बैठकले गरेको निर्णय अनुसार यो अभियान थालिएको उनले बताएका छन्।
उनका अनुसार केन्द्रीय कार्यालयमा हुने 'हामी सुन्छौं' अभियानका लागि प्रत्येक दिन केन्द्रीय सदस्य र प्रतिनिधिसभा सदस्यमध्येबाट दुई जनाको नियमित उपस्थिति अनिवार्य गरिएको छ।
'नागरिकका गुनासा, समस्या र अमूल्य सुझावहरूलाई प्रत्यक्ष रूपमा सुन्न र सम्बोधनका लागि आवश्यक सहजीकरण गर्न प्रत्येक दिन केन्द्रीय सदस्य र प्रतिनिधिसभा सदस्यमध्येबाट दुई जनाको नियमित उपस्थिति अनिवार्य गरिएको छ,' उनले भनेका छन्, 'यस अभियानमा कम्तिमा एक जना प्रतिनिधिसभा सदस्यको उपस्थिति हरेक दिन अनिवार्य रहनेछ।'