केही समयदेखि दुई पक्षबीच मतभेद रहेको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) भित्र नेताहरूबीच आ–आफ्नो बाटोमा लाग्ने सहमति भएको छ।
प्रलोपा अध्यक्ष परिषद सदस्य दुर्गा सोब र अर्का अध्यक्ष परिषद सदस्य सन्तोष परियारबीच भिन्दाभिन्दै दलमा रहेर राजनीतिक गतिविधिहरू अघि बढाउने आज सहमति भएको हो।
प्रलोपा संरक्षकबाट पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई अध्यक्ष परिषदका सदस्य सन्तोष परियार समूहले हटाएको भन्दै भट्टराई पक्ष असन्तुष्ट थियो।
भट्टराईले नै आफू स्वतन्त्र रहन चाहेकाले हटाइएको परियारले जिकिर गर्दै आएका थिए।
अब भट्टराई निकट दुर्गा सोबले नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ब्युँताउने भएकी छन्।
प्रलोपामा रहेकाहरू नेसपा (नयाँ शक्ति) र प्रलोपा गरी दुई वटा पार्टीमा बाँडिने भएका हुन्।