निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक अभियान सञ्चालन गर्ने सम्बन्धमा प्रदेश तथा जिल्ला निर्वाचन अधिकारीहरूसँग अनलाइन (भर्चुअल) बैठक गरेको छ।
बैठकमा साउन १५ गते बसेको आयोगको बैठकको निर्णयअनुसार सञ्चालन हुन लागेको मतदाता नामावली अद्यावधिक अभियानको तयारी र कार्यान्वयनका विषयमा विस्तृत छलफल भएको छ।
साे कार्यक्रम अनुसार प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयहरूले स्थानीय तहका वडा कार्यालयहरूवाट मृत्यू भएका, बसाइँ सराई गरेका व्यक्तिहरूकाे विवरण लिई मतदाता नामावली अद्यावधिक गर्ने छन्।
आयाेगले यस कार्यक्रममा आवश्यक सहजीकरण गर्नका लागि सबै स्थानीय तहमा पत्राचार गरिदिन भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा समेत अनुराेध गरिसकेकाे छ।
बैठकमा प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्की, निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर, सगुन सम्शेर ज.ब.रा., गुरु प्रसाद वाग्ले र डा. राजिव सुब्बाकाे उपस्थिति थियाे।