नेपाली कांग्रेसका सभापति गगन थापाले विधानअनुसार गरिएको विशेष महाधिवेशन ठिक थियो भनेर फेरि एकपटक पुष्टि गर्ने अवसर मिलेको टिप्पणी गरेका छन्।
काठमाडौंमा आज भएको नेपाल लाेकतन्त्रवादी आदिवासी जनजाति महासंघकाे दाेस्राे राष्ट्रिय सम्मेलनमा बोल्दै सभापति थापाले विशेष महाधिवेशन विधानअनुसार भएकोले त्यसले विभिन्न ठाउँबाट वैधानिकतासमेत पाएको बताए।
‘विधानको व्यवस्थाअनुसार विशेष महाधिवेशन गर्यौं, यो आवश्यक थियो। विशेष महाधिवेशन महाधिवेशन हलबाट, निर्वाचन आयोगबाट र सर्वोच्चबाट पनि को वैधानिक भइसकेकोमा फेरि एक पटक यसको पुष्टि गर्नेबारे अदालत बोलेको सन्दर्भमा विशेष महाधिवेशन ठिक थियो भनेर पुष्टि गर्ने अवसर प्राप्त भएको छ,’ उनले भने, ‘हामी अदालतको प्रक्रिया स्वीकार गर्दै सानका साथ हामीले विधानअनुसार गरेको वैधानिक कामको प्रतिरक्षा गर्छौं।’
विशेष महाधिवेशनसम्बन्धी फैसलाको पुनरवलोकन गर्न सर्वोच्चले बिहीबार अनुमति दिएको थियो।
उनले विशेष महाधिवेशनमा सहभागी नरहेकाहरूलाई पनि नियमित १५ औं महाधिवेशनमा समेटेर लगिने बताए।
‘विशेषमा नजाने साथी पनि मजत्तिकै अधिकार भएको साथी हो। सबैलाई समेटेर जाने हो। पार्टीमा विधानमाथि सभापति छैन। विधानको सीमाभित्र रहेर काम गर्ने हो,’ उनले भने, ‘तोकिएको समयभित्रै महाधिवेशन हुन्छ।’