प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु वलीले गृहमन्त्री सुधन गुरूङले हिन्दु राष्ट्र पुनर्स्थापना गर्न प्रतिबद्धता व्यक्त गरेको दाबी गरेकी छन्।
शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै वलीले हिन्दु मोर्चासँग गृहमन्त्री गुरूङले हिन्दु राष्ट्र पुनर्स्थापनाको प्रतिबद्धता व्यक्त गरेको र त्यो प्रतिबद्धता खेर नजानेमा आफू आशावादी रहेको बताइन्।
'जानकी माताको भूमिमा गएर गृहमन्त्री सुधन गुरूङले मौखिक होस् वा लिखित, हिन्दु राष्ट्रको पुनर्स्थापनाको जुन किसिमको प्रतिबद्धता दिनुभएको छ। त्यो भूमिमा गरेको वाचा खेर जाँदैन भन्नेमा हामी आशावादी छौं। यसमा सँधै खबरदारी गरिराख्ने छौं,' वलीले भनिन्।
गृहमन्त्री सुधन गुरूङलाई साउन १६ गते जनकपुरमा हिन्दु सम्राट सेनालगायतका संयुक्त हिन्दू मोर्चाले १३ बुँदे मागपत्र बुझाएको थियो।