नेपाली कांग्रेसका नेताहरूले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका छन्।
शीतल निवास पुगेर राष्ट्रिय सभा सांसद रञ्जित कर्ण, निवर्तमान केन्द्रीय सदस्य नैनसिंह महरलगायत नेताहरूले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन्।
कांग्रेसका नेता कर्ण र महर लगायतले देश र कांग्रेस जोड्ने अभियान सञ्चालन गरिरहेका छन्।
देशको वर्तमान समसामयिक अवस्थाको बारेमा राष्ट्रपतिसँग विमर्श गरिएको नेता महरले बताए।
उनीहरूले साउन २० गते सुकेधारामा 'देश र कांग्रेस जोड्न एकता-सद्भाव' विमर्श गरेका थिए।