राप्रपाको काठमाडौं महानगरपालिकाको अधिवेशनबाट अध्यक्ष पदमा अवकाश प्राप्त वरिष्ठ प्रहरी उपरीक्षक दीपक रञ्जित निर्वाचित भएका छन्।
राप्रपा काठमाडौं महानगरपालिकाको निर्वाचन समितिको कार्यक्रमअनुसार आज उम्मेदवारी दर्ता गर्ने समय मध्याह्न १२ बजेसम्म थियो।
निर्धारित समयसम्म अध्यक्ष पदमा रञ्जित एकल उम्मेदवारी परेकाले उनी निर्विरोध अध्यक्ष भएका हुन्।
यसैगरी सदस्य पदका अन्य उमेदवार पनि सर्वसम्मत भए।
राप्रपा काठमाडौं महानगरको निर्वाचन कार्यक्रम सम्पन्न भए पनि घोषणा सभा शनिबार बिहान ८ बजे बत्तिसपुतलीमा हुनेछ।
घोषणा सभालाई अध्यक्ष राजेन्द्र लिङ्देनले सम्बोधन गर्ने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।