सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रमेश प्रसाईंले प्रधानमन्त्री र मन्त्रीको क्वार्टरमा ग्यास अभाव छ कि छैन भनेर प्रश्न गरेका छन्।
शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले देशभरि ग्यासको अभाव देखिएको बताए।
‘यो ग्यासको अभाव देशैभरि छ। मेरो प्रधानमन्त्री र मन्त्री क्वाटरमा ग्यासको अभाव छ कि छैन? यदि कृत्रिम अभाव सिर्जना भएको हो भने सरकारले भनेको जस्तै ग्यास आएर पनि कालोबजारी भएको हो भने ती कालोबजारी गर्नेहरूलाई कानुनको कठघरामा ल्याएर कठोर दण्ड दिन केले रोकेको छ दुई तिहाइको सरकारलाई,’ उनले प्रश्न गरे।
उनले चुनावको बेलामा आफूहरूले लाइनको सट्टामा अनलाइनको व्यवस्था ल्याउने भाषण गरेको भन्दै अहिले त्यो सम्झेर लाज भएको बताए।
‘मैले चुनावका बेला गरेका भाषणहरू, जहाँ हामी सरकारी कार्यालयमा नो लाइन रास्वपाका पालामा ओन्ली अनलाइन भनेर भाषण सम्झँदा र आज भात पकाउने ग्यासका लागि जनता दिनभरि, रातभरि लाइनमा बसेको त्यो दृश्यले मलाई चाहिँ साच्चिकै लाज लागेको छ,’ उनले भने।