नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक जारी छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसोदेखि सुरू भएको बैठकमा अहिले सभापति गगन थापा बोलिरहेका छन्।
बैठकका लागि ८ वटा एजेन्डा तय गरिएको छ।
पार्टीको १५औँ महाधिवेशनको तयारी, नियमावली र निर्वाचन निर्देशिका तथा सदस्यता अद्यावधिक र वितरण सम्बन्धमा छलफल हुनेछ।
यसैगरी महाधिवेशन तयारी समिति गठन सम्बन्धमा पनि छलफल हुने बताइएको छ।
पछिल्लो समयमा तराई मधेशमा भएका घटनाक्रम र सामाजिक सद्भाव कायम गर्ने सम्बन्धमा तथा सरकारका १०० दिन, तत्पश्चातका गतिविधि र प्रमुख प्रतिपक्षीय भूमिकाका सम्ब न्धमा पनि बैठकमा छलफल हुनेछ।
प्रदेश सरकार र सदस्यता व्यवस्थापन तथा जनसम्पर्क समिति सम्बन्धमा पनि छलफल हुनेछ।
भ्रातृ संस्थाहरूको विधान सम्बन्धमा पनि केन्द्रीय कार्यसमितिमा छलफल हुने एजेन्डा छ।
तस्बिरहरूः
-ink-1786266668.jpeg)
-ink-1786266668.jpeg)
-ink-1786266667.jpeg)
-ink-1786266667.jpeg)
-ink-1786266667.jpeg)
सबै तस्बिरः नेपाल फोटो लाइब्रेरी।