नेपाली कांग्रेस क्रियाशील सदस्य ८ लाख पुगेको छ।
सभापति गगन थापा र महामन्त्री प्रदीप पौडेलले आज सानेपामा बसेको केन्द्रीय समिति बैठकमा क्रियाशील सदस्य ८ लाख पुगेको जानकारी गराएका हुन्।
‘अघि महामन्त्री प्रदीपजीले पनि जानकारी गराउनुभयो, पार्टी क्रियाशील सदस्य ८ लाख पुगेको छ,’ सभापति थापाले भने।
कांग्रेसले छुटेका नेता तथा कार्यकर्ताको क्रियाशील सदस्यता अद्यावधिकलाई जारी राख्नुपरेकोले केही दिन वडा अधिवेशनलगायत अधिवेशन तालिका हेरफेर गर्ने तयारी पनि गरेको छ।
तर सभापति थापाले केन्द्रीय महाधिवेशन पूर्वनिर्धारित कार्यतालिकाअनुसार असोज १६ देखि नै हुने बताएका छन्। पार्टीभित्रका सबै पक्षलाई समेटेर १५ औं महाधिवेशन निष्पक्ष तवरले गरिने उनले बताए।