सत्तारूढ रास्वपाले 'हामी सुन्छौं' अभियान सुरू गरेको छ।
केन्द्रीय कार्यालय च:मतिस्थित घन्टीघरमा हामी सुन्छौं अभियान आजदेखि सुरू भएको हो।
नागरिकका गुनासा, समस्या र सुझावहरूलाई प्रत्यक्ष रूपमा सुन्न र सम्बोधनका लागि आवश्यक सहजीकरण गर्न यो अभियान सञ्चालन गरिएको केन्द्रीय कार्यालयले जनाएको छ।
आज केन्द्रीय सदस्य अंकितकुमार यादव र प्रतिनिधिसभा सदस्य अंकिता ठाकुर यो अभियानअन्तर्गत कार्यालयमा उपस्थित छन्।