गृहमन्त्री सुधन गुरूङ र उद्योग मन्त्री गौरी यादवले मधेस प्रदेशका संघीय सांसदहरूसँग छलफल गरेका छन्।
सोमबार गृह मन्त्रालयमा दुई मन्त्रीले सांसदहरूसँग छलफल अघि बढाएका हुन्।
पछिल्लो समय मधेस प्रदेशमा भएको घटनाक्रमलाई केन्द्रित गरी छलफल अघि बढाइएको हो।
कोशीको सुनसरी देवानगन्जमा भएको दुई पक्षीय मुठभेड मधेस प्रदेशसम्म फैलिएको थियो।
प्रदर्शन बढ्दा चार जनाले ज्यान समेत गुमाएका थिए।
मधेसको घटनालाई साम्य बनाउन गृहमन्त्री गुरूङ कोशी र मधेस समेत पुगेका थिए।