पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारसम्बन्धी मुद्दामा विशेष अदालतले पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँग १५ लाख धरौटी माग गरेको छ।
विशेष अदालतमा आज प्रतिवादी कार्कीको बयान कार्य सम्पन्न भएसँगै भएको थुनछेक बहसपछि अदालतले उनलाई १५ लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको हो।
पोखरा विमानस्थल निर्माणका क्रममा आर्थिक अनियमितता र भ्रष्टाचार भएको दाबीसहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा उनी प्रतिवादी रहेका थिए।
विशेष अदालतको उक्त आदेशसँगै उनले तोकिएको धरौटी रकम बुझाएर तारेखमा बस्न पाउनेछन्।
विमानस्थल निर्माणका क्रममा मूल खरिद सम्झौता विपरीत चिनियाँ ठेकेदार कम्पनीलाई कर छुट दिई राज्यलाई ठूलो आर्थिक नोक्सानी पुर्याइएको निष्कर्षसहित उनीविरूद्ध आरोपपत्र दायर गरिएको थियो।