प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) का करार, मासिक तथा दैनिक ज्यालादारी श्रमिकहरूले विभिन्न माग राख्दै परिषद्को सानोठिमीस्थित केन्द्रीय कार्यालय घेराउ गर्ने भएका छन्।
करार, मासिक तथा दैनिक ज्यालादारी श्रमिक केन्द्रीय संघर्ष समितिले रोजगारीको सुरक्षा, हाल कार्यरत पदमै निरन्तर काम गर्न पाउने व्यवस्था र सेवा–सुविधाको सुनिश्चितता लगायतका माग अघि सारेको छ।
समितिले रोजगारीबाट बाहिरिएका ७४ जना श्रमिकलाई पुनः काममा जोड्नुपर्ने, करार कर्मचारीलाई दसैं पेश्की, पोशाक, प्रशिक्षण, दुर्गम तथा स्थानीय भत्तालगायतका सुविधा उपलब्ध गराउनुपर्ने माग गरेको छ।
त्यस्तै, मासिक ज्यालादारी कर्मचारीलाई यथावत अवस्थामा काम गर्न दिनुपर्ने, ड्रेसलगायतका सुविधा उपलब्ध गराउनुपर्ने र उनीहरूको अवस्था एकतर्फी रूपमा परिवर्तन गर्न नहुने समितिको माग छ।
आन्दोलनमा सहभागी भएकै आधारमा कुनै श्रमिकमाथि पूर्वाग्रह, विभेद वा प्रतिशोधपूर्ण व्यवहार नगर्नसमेत समितिले व्यवस्थापनसँग माग गरेको छ।
श्रमिकहरूले आफ्ना मागबारे लिखित प्रतिबद्धता, कार्यान्वयनको समयसीमा र स्पष्ट कार्ययोजना माग गरेका छन्।
व्यवस्थापनसँग टकराव नभई संवाद र सहमतिबाट समस्या समाधान गर्न आफूहरू तयार रहेको बताउँदै समितिले माग पूरा नभएसम्म खबरदारी जारी राख्ने जनाएको छ।
तस्बिरहरू: नेपाल फोटो लाइब्रेरी
-1786424505.jpeg)
-1786424505.jpeg)
-1786424505.jpeg)
-1786424504.jpeg)
-1786424503.jpeg)
-1786424504.jpeg)
-1786424504.jpeg)
-1786424504.jpeg)
-1786424503.jpeg)
-1786424503.jpeg)
-1786424503.jpeg)
-1786424502.jpeg)
-1786424502.jpeg)
-1786424502.jpeg)
-1786424502.jpeg)
-1786424501.jpeg)
-1786424501.jpeg)
-1786424501.jpeg)
-1786424501.jpeg)