नेकपा एमालेका महासचिव शंकर पोखरेलले रास्वपा सत्तामा पुगेपछि भ्रमका पर्दा उघ्रिँदै जनतालाई यथार्थ बुझ्ने आधार तय भएको टिप्पणी गरेका छन्।
यो कुरा नकरात्मकताभित्रको सकारात्मकता रहेको उनको भनाइ छ।
‘बालेन र रविहरूको हातमा सत्ताको बागडोर नपुगुन्जेल राजनीतिक वृत्तमा अनेकौं 'भ्रम' र 'सपना'हरूको खेती तीव्र थियो,’ आज सामाजिक सञ्जाल फेसबुकमा पोखरेलले लेखेका छन्, ‘तर, उनीहरू स्वयम् सत्ताको कुर्सीमा पुगेपछि भने आम जनताका अगाडि भ्रमका पर्दाहरू उघ्रिँदै जाने र यथार्थ बुझ्ने उपयुक्त आधार तयार भएको छ।’
उनले लोकप्रियतावादको वास्तविक क्षमता परीक्षण हुन सत्ताको जिम्मेवारीमै पुग्नुपर्ने पनि बताए।