नेपाली कांग्रेस संस्थापनइतर पक्षले साउन २९ देखि ३१ गतेसम्म गर्न लागेको राष्ट्रिय भेला आयोजक समितिका संयोजकसमेत रहेका पूर्वमहामन्त्री शशांक कोइरालाले आगामी महाधिवेशनसहित पार्टीका निर्णयहरू यथास्थितिमा राख्न माग गर्दै पत्र पठाएका छन्।
कोइरालाले सभापति गगन थापा, केन्द्रीय कार्यसमिति, निर्वाचन आयोगलगायतलाई पत्र पठाएर महाधिवेशनसहित निर्णय यथास्थितिमा राख्न माग गरेका हुन्।
गत पुसमा कांग्रेसले विशेष महाधिवेशन गर्दा तत्कालीन सभापति शेरबहादुर देउवा पक्ष सहभागी थिएन।
विशेष महाधिवेशनलाई निर्वाचन आयोग र सर्वोच्च अदालतले मान्यता दिएको थियो। सर्वोच्चको उक्त निर्णयविरूद्ध देउवा र नेता पूर्णबहादुर खड्का फेरि सर्वोच्च गएका थिए भने सर्वोच्चले हालै पुनरवलोकन अनुमति दिएको थियो।
पार्टीबारे सर्वोच्चले पुनरवलोकन निस्सा दिएकोले आगामी महाधिवेशनलगायत सम्पूर्ण निर्णयहरू यथास्थितिमा राख्न माग गर्दै शशांकले आज केन्द्रीय समिति, सभापति थापा र निर्वाचन आयोगलगायतमा पत्र पठाएका हुन्।
कांग्रेस केन्द्रीय समिति बैठक भने जारी छ।
सभापति थापाले पूर्वनिर्धारित कार्यतालिकाअनुसार असोज १६ देखि १५ औं महाधिवेशन हुने र तल्ला तहका अधिवेशन कार्यतालिका केही केन्द्रीय समितिबाट हेरफेर हुन सक्ने बताएका थिए।
यस्तो छ पत्र-

