पूर्वसभापति शेरबहादुर देउवालाई स्वागत गर्न कांग्रेस नेताहरू त्रिभुवन विमानस्थल पुगेका छन्।
देउवा साढे १२ बजे थाइ एयरको विमानमार्फत त्रिभुवन विमानस्थल अवतरण गर्दैछन्।
त्यसअघि नै कांग्रेसको संस्थापन इतर पक्षका नेताहरू विमानस्थल पुगेका हुन्।
कृष्ण सिटौला, विमलेन्द्र निधि, ज्ञानेन्द्रबहादुर कार्की लगायतका नेताहरू उपस्थित छन्।
इतर पक्षले देउवालाई स्वागत गर्न विमानस्थल आउन कार्यकर्ताहरूलाई आह्वान नै गरेको थियो।
स्वागतमा आउने कार्यकर्ताहरूलाई भेला हुन तीन स्थान तोकिएको छ।
त्रिभुवन विमानस्थल प्रवेश गर्ने गोल्डेन गेट अगाडिको खाली ठाउँ, नमस्ते गेट अगाडिको खाली ठाउँ र तिलगंगा आँखा अस्पताल अगाडिको खाली ठाउँमा समर्थकहरूलाई भेला हुन भनिएको छ।
देउवा गत फागुन १३ गते उपचारका लागि सिंगापुर गएका थिए। उनी भदौ २४ गतेको जेनजी आन्दोलनमा सांघातिक हमलामा परी घाइते भएका थिए।
सिंगापुरबाटै थप उपचारका लागि भनेर पत्नी आरजु राणा देउवासहित हङकङ पुगेका थिए।
उनले यसअघि नै अख्तियार दुरूपयोग अनुसन्धान आयोगलगायत निकायलाई पत्र पठाउँदै आफू साउनभित्रै स्वदेश आउने जानकारी पनि गराएका थिए।
देउवा पक्षले पूर्वमहामन्त्री शशांक कोइरालाको संयोजकत्वमा भोलिदेखि ३१ गतेसम्म राष्ट्रिय भेला गर्न लागेका छन्।
भेलामा देउवा सहभागी हुने इतरपक्षको दाबी छ।
तस्बिरहरूः
-ink-1786601951.jpeg)
-ink-1786601952.jpeg)
-ink-1786601952.jpeg)
-ink-1786601951.jpeg)
-ink-1786601951.jpeg)
-ink-1786601951.jpeg)
-ink-1786601951.jpeg)
-ink-1786601951.jpeg)
-ink-1786601951.jpeg)