पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा ५ महिनापछि स्वदेश फर्केका छन्।
पूर्वप्रधानमन्त्री देउवा आज स्वदेश फर्केका हुन्।
उनी केहीबेर अघि काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन्।
पूर्वप्रधानमन्त्री देउवालाई विमानस्थलमै नेताहरू पूर्णबहादुर खड्का, शशांक कोइराला, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, ज्ञानेन्द्रबहादुर कार्की, मोहनबहादुर बस्नेत, मीनबहादुर विश्वकर्मा, जितजंग बस्नेत, कान्तिका सेजुवाल, ईश्वरी न्यौपाने लगायतले स्वागत गरेका थिए।
देउवा गत फागुनदेखि उपचारका सिलसिलामा सिंगापुर र हङकङ थिए। हङकङबाट थाइल्याण्ड हुँदै देउवा आज नेपाल आएका हुन्।
देउवालाई बाजागाजासहित स्वागत गरिएको नेताहरूले जनाएका छन्। बूढानीलकण्ठस्थित निवास भदौ २४ मा आगजनी भएको थियो। त्यसबेला देउवा दम्पतीमाथि कुटपिटसमेत भएको थियो।
देउवा परिवार घर भाडामा लिएर महाराजगञ्जमा बस्दै आएका थिए।
तस्बिरहरू-
-1786605509.jpg)
-1786605509.jpg)
-1786605509.jpg)
-1786605508.jpg)
-1786605508.jpg)
-1786605508.jpg)
-1786605509.jpg)
-1786605508.jpg)