नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता वर्षमान पुनले प्रधानमन्त्री बालेन शाहसँग भेटवार्ता गरेका छन्।
शुक्रबार बिहान सिंहदरबार पुगेर नेता पुनले प्रधानमन्त्री बालेनसँग भेटवार्ता गरेका हुन्।
भेटमा रोल्पाका बाढी पीडितहरूलाई राहत र उद्धारको विषयमा पुनले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको उनको सचिवालयले जनाएको छ।
रोल्पाको सुनछहरी गाउँपालिका-२ फलवाङमा पहिरोले घरहरू पुरिँदा मानिसहरू बेपत्ता भएका छन्।
फलवाङमा वीरबहादुर घर्ती मगरको घर पहिरोमा पुरिँदा उनीसहित तीन जना बेपत्ता छन्।
त्यस्तै सुनछहरी –२ गिट्ठेमा स्थानीय लादे बुढा मगरको घर पनि पहिरोले पुरेको छ। त्यहाँ कति मानिस परेका छन् भन्ने चाहिँ खुलेको छैन।
यसै विषयमा सरकारलाई ध्यानाकर्षण गराउने नेता पुनले प्रधानमन्त्री बालेनलाई भेटेका हुन्।