नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा कांग्रेस एकताबद्ध हुने विश्वास व्यक्त गरेका छन्।
संस्थापनइतर पक्षले आज गरेको राष्ट्रिय भेलामा बोल्दै उनले पार्टी एकताबद्ध हुनुपर्ने बताए।
‘कांग्रेस एकताबद्ध भएर देशका समस्या सम्बोधन गर्नुपर्ने अवस्था छ, कांग्रेस मानसिक रूपले विभाजित र संगठनात्मक रूपमा खण्डित हुन सक्ने डिलमा छ,’ उनले भने, ‘देउवाको स्वदेश आगागमनले कांग्रेस एकता गर्ने स्थिति बन्न सकोस्।’
उनले देउवाको नेतृत्वमा पार्टी एकताबद्ध हुनेछ भन्ने विश्वास पनि व्यक्त गरेका थिए।
विशेष अधिवेशनले विभाजनको अवस्थामा पार्टी पुगेको पनि उनले बताएका थिए।
‘देउवाको अगुवाइमा एकताबद्ध हुनेछ, त्रुटि सच्याऔं। विशेष र नियमित कार्यसमितिलाई मिलाएर अघि बढौं,’ उनले भने।