नेपाली कांग्रेसकी पूर्वसहमहामन्त्री महालक्ष्मी उपाध्याय 'डिना' ले पार्टी एकता संवादलाई निरन्तरता दिन आग्रह गरेकी छन्।
उनले पार्टीलाई एक बनाउन राष्ट्रिय भेला भएको पनि बताइन्।
‘यो पार्टीलाई एक बनाउने भेला हो। अब कांग्रेसलाई दृढ संकल्पका साथ एकताबद्ध बनाएर लैजानुपर्छ,’ संस्थापनइतरले आज गरेको राष्ट्रिय भेलामा उनले भनिन्, ‘पार्टी एकता संवादमा साथीहरू हुनुहुन्छ। यसलाई टुट्न दिन हुन्न। संवाद र सहकार्यबाट पार्टीलाई एकढिक्का बनाउनुपर्छ।’
उनले युवा शक्तिलाई बेवास्ता गर्न नहुने बताइन्। साथै लामो योगदान दिएका नेताहरूलाई पनि भुल्न नहुने उनको भनाइ थियो।