नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले शेरबहादुर देउवा आजको दिनमा पनि कांग्रेस सभापति रहेको उल्लेख गर्दै निवर्तमान वा पूर्वसभापति नभन्न आग्रह गरेका छन्।
उनले यो कुरा आज संस्थापनइतर पक्षले गरेको राष्ट्रिय भेलामा गरेका हुन्।
‘आजको दिनमा सभापति शेरबहादुर देउवा नै हो भन्ने सन्देश लिएर जानुस्, अरू कोही होइन,’ उनले भने, ‘देउवालाई निवर्तमान र पूर्वसभापति नभन्नुहोला। देउवाकै नेतृत्वमा १५ औं महाधिवेशन सम्पन्न गर्नुपर्छ। चोइटिएर जानुभएकाहरू यसैमा सहभागी हुनुपर्छ।’
उनले १४ औं महाधिवेशनबाट आएको कार्यसमिति बाहेकलाई १५ औं महाधिवेशन गर्ने अधिकार नरहेको बताए।
विशेष महाधिवेशनलाई लक्ष्य गर्दै उनले 'कब्जा गरेर बनाएर बनाएको' उल्लेख गरेका थिए।