नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टी एकढिक्का रहन्छ भन्नेमा आफू विश्वस्त रहेको बताएका छन्।
यो कुरा उनले संस्थापनइतर पक्षले काठमाडौंमा राखेको राष्ट्रिय भेलामा भनेका हुन्।
‘पार्टी एकढिक्का हुन्छ भन्नेमा म विश्वस्त छु। कांग्रेस एकढिक्का हुनेबित्तिकै अरू दलसँग सहमति, सहकार्य र एकता गरी अघि बढ्ने हो र अन्य शक्तिसँग पनि हामीहरूले मिलेर काम गरेर राष्ट्रियता मजबुत गर्न सके कांग्रेस मात्र होइन, देशको भविष्य उज्जवल हुन्छ,’ उनले भने।
साथै उनले कसैको निरंकुशता नस्वीकार्ने पार्टी हो कांग्रेस भएको बताए।
‘कांग्रेस विभाजित मनस्थितिबाट गुज्रिरहेको छ। यहाँ सबैले एकै कुरा भन्नुभएको छ- कांग्रेस मिलाउँछौं मिल्छ,’ उनले भने।