प्रतिनिधिसभाका सभामुख डीपी अर्याल, राष्ट्रियसभाका अध्यक्ष नारायण प्रसाद दाहाल तथा सांसदहरूको सहभागितामा ‘एक सांसद, एक वृक्षरोपण’ कार्यक्रम आयोजना गरिएको छ।
सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवन परिसरमा आयोजना गरिएको कार्यक्रममा सभामुख अर्याल, राष्ट्रियसभाका अध्यक्ष दाहालसहित सांसदहरूले विभिन्न प्रजातिका फलफूल तथा अन्य बिरूवा रोपेका छन्।
कार्यक्रममार्फत संसद् परिसरलाई हरियालीयुक्त र वातावरणमैत्री बनाउने तथा वृक्षरोपणको माध्यमबाट वातावरण संरक्षणको सन्देश प्रवाह गर्ने उद्देश्यअनुसार सो कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा सहभागी सांसदहरूले वृक्षरोपणलाई केवल औपचारिकतामा सीमित नगरी रोपिएका बिरुवाको संरक्षण र हुर्काउनेतर्फ पनि ध्यान दिनुपर्नेमा जोड दिएका थिए।
तस्बिरहरू:























