भारतीय सेनाका प्रधान सेनापति धिरज सेठ नेपाल आइपुगेका छन्।
आइतबार अपराह्न उनी काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन्।
नेपाली सेनाका प्रवक्ता एवं सहायक रथि राजाराम बस्नेतका अनुसार उनी चार दिने भ्रमणमा काठमाडौं आएका हुन्।
सोमबार प्रधान सेनापति सेठले शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट मानार्थ महारथीको दर्जा ग्रहण गर्ने कार्यक्रम रहेको प्रवक्ता बस्नेतले जानकारी दिए।
नेपाल-भारतबीच सन् १९५० देखि एक अर्काको देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा छ।
उनी गत जुन ३०मा भारतको ३१औं प्रधान सेनापति नियुक्त भएका थिए।
उनले प्रधानमन्त्री एवं रक्षामन्त्रीसमेत रहेका बालेन्द्र शाहसँग पनि भेट्ने सम्भावना छ।
प्रवक्ता बस्नेतले भेटका लागि पत्राचार गरिएको भए पनि जबाफ प्राप्त भइनसकेको बताए।
‘प्रधानमन्त्रीसँग भेटका लागि पत्र पठाएका छौं। जबाफ आइसकेको छैन,’ उनले भने।
प्रधानमन्त्री शाहकी प्रेस तथा विज्ञ सल्लाहकार दिपा दाहालले पनि आफूले यस विषयमा जानकारी प्राप्त गरिनसकेको बताइन्।
सेठ बुधबार भारत फर्किने तालिका छ।
तस्बिरहरू:
-ink-1786882080.jpeg)
-ink-1786882080.jpeg)
-ink-1786882080.jpeg)
-ink-1786882080.jpeg)
-ink-1786882080.jpeg)
-ink-1786882080.jpeg)
-ink-1786882079.jpeg)
-ink-1786882079.jpeg)
-ink-1786882079.jpeg)
-ink-1786882079.jpeg)